बागलुङको निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती वैदेशिक रोजगारीका लागि जापान पुगेको एक वर्षमै स्वदेश फर्किएर किवी खेती लगायतको कृषि उद्यममा रमाएका छन्।
विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर उनी जापान गएका थिए। तर एक वर्षपछि नै फर्किएर उनले आफ्नै गाउँको माटो र कृषि पेसालाई रोजेका छन्।
जापानबाट फर्किएपछि गाउँमै कृषि उद्यम गर्ने उनको निर्णयले स्थानीयस्तरमा चर्चा पाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।