ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन्।
कालीगण्डकी नदीमा आएको बाढीले दुवै जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको थियो। मन्त्री श्रेष्ठले क्षतिग्रस्त स्थानहरूमा पुगेर अवस्थाको जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता रहेको स्रोतले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।