झापाको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाएर राखिएको १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ। बरामद बियाँको मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको टोलीले शनिबार दिउँसो बेवारिसे अवस्थामा रहेको उक्त बियाँ बरामद गरेको हो।
जङ्गलमा लुकाई छिपाइ राखिएको अवस्थामा बियाँ फेला परेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।