नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो संस्करणका खेल गौतमबुद्ध रङ्गशालामा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थलगत निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा रङ्गशालाको निर्माण तथा व्यवस्थापनका कामलाई अघि बढाउने विषयमा चासो देखाइएको छ। एनपीएलको चौथो संस्करणका खेल यही रङ्गशालामा गराउने लक्ष्य राखिएको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।