सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको अन्तरक्रिया र अनुभव आदान–प्रदान कार्यक्रम शुक्रबारदेखि कास्कीको पोखरामा सुरु भएको छ। कार्यक्रममा व्यवस्थापिकाको भूमिका बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले गरेका थिए।
कार्यक्रममा सङ्घीय संसद् र प्रदेशसभाका सचिवहरू सहभागी छन्। उनीहरूले आआफ्ना अनुभव आदान–प्रदान गर्दै व्यवस्थापिकाको भूमिकालाई थप सशक्त बनाउने विषयमा छलफल गरिरहेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।