सुर्खेतमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मा घरेलु मैदानमै कर्णाली प्रदेशको प्रदर्शन निराशाजनक देखिएको छ। विभागीय टोली र बागमतीले भने आफ्नो रवाफ देखाएका छन्।
प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने कार्यतालिका तोकिएको छ। तर खेलहरू भने गत मंगलबारदेखि नै सुरु भइसकेका छन्।
राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडी सम्पन्न
प्रतियोगितामा समावेश खेलमध्ये पौडी प्रतियोगिता सम्पन्न भइसकेको छ। बाँकी ९ वटा खेल भने जारी छन्।

घरेलु दर्शकको साथ रहे पनि कर्णालीले अपेक्षित नतिजा दिन सकेको छैन। यसको तुलनामा विभागीय टोली र बागमतीको प्रदर्शन प्रभावशाली देखिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।