ब्रेकिङ न्युज
विज्ञापन
विविध

‘इन्स्टाग्राम केटीहरूको लागि हो’ भनेपछि एलन मस्कलाई प्रश्न : एक्स कसको लागि हो ?

स्पेसएक्सका मालिक एलन मस्कले ‘इन्स्टाग्राम केटीहरूको लागि हो’ भनेपछि सामाजिक सञ्जालमा उनको टिप्पणीलाई लिएर बहस सुरु भएको छ।

उनको टिप्पणीपछि एक प्रयोगकर्ताले मस्कलाई नै प्रश्न गर्दै ‘एक्स कसको लागि हो?’ भनेर सोधेका छन्।

यो प्रशंग एक्स प्रयोगकर्ता गीगर क्यापिटलले इन्स्टाग्राम खाता डिलिट गर्ने आफ्नो निर्णयबारे पोस्ट गरेपछि सुरु भएको हो। गीगरले लेखेका थिए, ‘आधिकारिक रूपमा इन्स्टाग्राम हटाइयो। स्वाभाविक रूपमा महिला एप। कुनै फाइदा छैन।’

विज्ञापन

उनको पोस्टको जवाफमा मस्कले लेखे, ‘इन्स्टाग्राम केटीहरूको लागि हो।’ त्यसपछि उनको भनाइलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थाले। एक प्रयोगकर्ताले मस्कको टिप्पणीको जवाफमा प्रश्न गरे, ‘एक्स कसको लागि हो?’ अर्का प्रयोगकर्ताले पनि ‘एक्सको बारेमा के छ?’ भन्दै प्रतिक्रिया दिएका छन्।

अन्य प्रयोगकर्ताले भने मस्कको भनाइसँग असहमति जनाएका छन्। एक प्रयोगकर्ताले लेखे, ‘म सहमत छैन। मलाई लाग्छ इन्स्टाग्राम सबै लिंगका लागि स्वागतयोग्य ठाउँ हो।’

अर्का प्रयोगकर्ताले भने, ‘इन्स्टाग्राम सबैको लागि हो।’ यसअघि पनि मस्कले इन्स्टाग्रामलाई लिएर यस्तै टिप्पणी गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।