ब्रेकिङ न्युज
विज्ञापन
समाज

ताप्लेजुङका निजी स्वास्थ्य संस्थालाई नवीकरण गर्न १५ दिनको म्याद

स्वास्थ्य कार्यालय ताप्लेजुङले निजी स्वास्थ्य संस्थाहरूलाई इजाजत पत्र लिन तथा नवीकरण गर्नका लागि १५ दिन भित्रमा कार्यालयमा आवेदन दिन समयसीमा दिएको छ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख अनिल श्रेष्ठका अनुसार इजाजत पत्र नवीकरण तथा सिफारिसका लागि असोज २७ गतेका मितिले १५ दिन भित्रमा स्वास्थ्य कार्यालयमा आवश्यक कागजातसहित रीतपूर्वकको निवेदन पेस गर्नुपर्ने हुन्छ।

स्वास्थ्य कार्यालयले इजाजत पत्र नलिई वा इजाजत पत्र नवीकरण नगराई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही तथा दण्ड र जरिवाना हुने समेत बताएको छ।

विज्ञापन

स्वास्थ्य कार्यालयले ताप्लेजुङका निजी स्वास्थ्य संस्थाहरूलाई जनस्वास्थ्य ऐन २०७५ अनुसार जारी भएको जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उपनियम९२०सँग सम्बन्धित कानुनी प्रावधानहरूको स्मरण समेत गराएको छ।

उक्त नियमावलीको अनुसूची ९ को बुँदा नं २ मा निजी स्वास्थ्य संस्थाहरूले प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट सञ्चालन इजाजत लिनुपर्ने तथा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।

सो प्रावधान अनुसार २५ देखि २ सय शय्यासम्मका जनरल तथा विशेषज्ञ अस्पतालको नवीकरण तथा इजाजत सिफारिस सम्बन्धी विषयको अनुगमन तथा नियमन सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले गर्ने,डेन्टल क्लिनिक, विशेषज्ञ क्लिनिक र पोली क्लिनिक र पुनर्स्थापना केन्द्रको इजाजत,नवीकरण,अनुगमन तथा नियमन सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले गर्ने छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।