विज्ञापन
क्रिकेट

काठमाडौंले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्ससामु ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भयो।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंको ब्याटिङ धराशायी बनाउने क्रममा जनकपुरका राहुल यादवले सर्वाधिक चार विकेट लिए। उनले चार ओभरमा ३१ रन खर्चिए। सैफ हसनले ११ रन दिएर दुई विकेट लिए भने मोइन अली, हरमित सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे। अब जनकपुरले जितका लागि ११६ रन बनाउनु पर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।