विज्ञापन
अपराध

पत्रकार विश्वमणि सुवेदी र शोभराज बराल पक्राउ

काठमाडौं। प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित उनको कार्यालयबाटै पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

साइबर ब्युरोका अधिकारीहरूका अनुसार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित प्रकाशित समाचारबारे सोधपुछ गर्न उनलाई पक्राउ गरिएको हो। केही दिनअघि नेपाल प्रेसले सरकारले महानिरीक्षक कार्कीलाई पदबाट हटाउन खोजेको र सो विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि सुवेदीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

यसैबीच, प्रहरीले आजै अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको छ। एउटै दिन दुई पत्रकार पक्राउ परेपछि सञ्चार क्षेत्रमा यस विषयले चासो बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।