विज्ञापन
राजनीति

जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन

जेनजी अभियन्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर सञ्चारगृहमाथि प्रहरी परिचालन गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविरुद्धको कदम भएको टिप्पणी गरेका छन्।

राज्यका सम्पूर्ण संयन्त्र, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डाराज चल्ने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध सत्य उजागर गर्ने पत्रकारलाई नै निशाना बनाउनु गम्भीर निरंकुशता र अराजकताको पराकाष्ठा भएको उनको भनाइ छ।

विज्ञापन

‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन,’ हमालले भनेका छन्।

‘विनाशकाले विपरीत बुद्धि’ भन्दै आफ्नो धारणा सुरु गरेका उनले सत्ताको आलोचना गर्ने आवाज दबाएर लोकतन्त्र बलियो नहुने बताएका छन्। बरु आलोचनात्मक आवाजलाई नियन्त्रण गर्ने प्रयासले सरकारको निरंकुश चरित्र उजागर गर्ने उनको आशय छ।

लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि हमला हुँदा मौन नबस्न पनि उनले नागरिकलाई आह्वान गरेका छन्।

प्रेस स्वतन्त्रताको रक्षा पत्रकारको मात्रै सरोकार नभई समग्र लोकतन्त्र र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षासँग जोडिएको हमालको धारणा छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।