विज्ञापन
अपराध

अवैध लागुऔषधसहित युवक पक्राउ

काठमाडौं।सिद्धार्थ नगरपालिका–३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका–१ बस्ने २० वर्षीय अफजल पठानलाई आज प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

यसैबीच प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका–३ बस्ने ६८ वर्षीय रनबहादुर थापालाई आज प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन

जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका–१ स्याङ्जा बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका थापालाइ कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।