१७ वर्षीय राहुल यादव चम्किँदा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ११५ रनमा अलआउट गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो। काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा राहुलले चार विकेट लिए।
राहुलले चार ओभरमा ३१ रन खर्चिए। उनले काठमाण्डुका साम हिजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे। जनकपुरका सैफ हसनले दुई तथा मोइन अली, हरमित सिंह र ललित राजवंशीले एक-एक विकेट लिए।

काठमाण्डुका भिम शार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। रासिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। कप्तान करण केसीले १८ बलमा आठ रन मात्र जोड्न सके।
काठमाण्डुले पावरप्लेमा तीन विकेट गुमाएको थियो। त्यसपछि पनि लगातार विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो। अन्तिम पाँच ओभरमा काठमाण्डुले पाँच विकेट गुमाउँदै २३ रन मात्र जोड्यो। अब जनकपुरले जितका लागि ११६ रन बनाउनुपर्नेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।