बिहीबार राति १०:३३ बजे (स्थानीय समय) चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प गएको छ। नेपाली समय अनुसार आज राति ८:१८ बजे भूकम्प गएको हो।
चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार भूकम्पको केन्द्रबिन्दु उत्तरी अक्षांश ३२.४० डिग्री र पूर्वी देशान्तर ९३.७९ डिग्रीमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।
भूकम्पको केन्द्र चीनको तिब्बतस्थित नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पको धक्का चीनसँगै भारत र म्यानमारसम्म महसुस भएको छ।

भूकम्पबाट भएको क्षति तथा प्रभावित क्षेत्रबारे थप विवरण सार्वजनिक भएको छैन। सिन्ह्वा


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।