काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगितामा विश्राम दिन राखेको हो।
भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुई खेल सञ्चालन हुनेछन्।
दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन्। यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

विश्रामपछि शनिबार हुने दुवै खेलले एनपीएलको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।