विज्ञापन
कृषि

सामूहिक प्रयासमा फूलखेती

दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच रोपनी क्षेत्रफलमा सयपत्री लगाएका हुन् ।

स्थानीय किसानको सामूहिक प्रयासमा सुरु गरिएको फूलखेतीमा आठ हजार सयपत्रीका बिरुवा रोपिएको छ । तिहार नजिकिँदै गर्दा फूल फुल्ने र बजारमा बिक्री हुने अपेक्षासहित किसान खेतीको हेरचाहमा जुटेका छन् ।

फूलखेतीमा संलग्न स्थानीय मैना राना आलेले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । चाडपर्वका बेला फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमै सयपत्री उत्पादन गरेर बजारको माग पूरा गर्न सकिने उनको विश्वास छ ।

विज्ञापन

उनले तिहारमा पूजाआजा तथा घर सजावटका लागि प्रयोग हुने फूल स्थानीय किसानबाटै खरिद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । स्थानीय फूलको प्रयोग बढाउन सके किसानलाई आम्दानीको अवसर मिल्नुका साथै बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम गर्न सकिने उनको भनाइ छ ।

फूलखेतीमा संलग्न किसान सीता श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताइन् । तिहार नजिकिँदै गएकाले उत्पादनले बजार पाउनेमा आफूहरू विश्वस्त रहेको उनले बताइन् ।

गाउँपालिकाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूलको बजार सम्भावना रहेकाले कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।

तिहारका बेला सयपत्री फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमा उत्पादन विस्तार गर्नसके किसानले आम्दानीको अवसर पाउने कृषि शाखा प्रमुख केसीको भनाइ छ । पाँच रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपेर सुरु गरिएको खेती सफल भएमा आगामी दिनमा फूलखेती विस्तार गर्न सहयोग पुग्ने उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।