वेस्ट इन्डिजका विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगेका छन्।
उनी विराटनगर किंग्सबाट प्रतियोगितामा सहभागी हुनेछन्।
सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेस्ट इन्डिजका लागि १ टेस्ट, ५६ एकदिवसीय (ओडिआई) र ८६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

उनले एकदिवसीयमा १ हजार ३४ रन बनाउनुका साथै ७० विकेट लिएका छन् भने टी-२० अन्तर्राष्ट्रियमा १ हजार १२२ रन जोड्दै ६१ विकेट हात पारेका छन्।
उनी वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टोलीका प्रमुख सदस्य थिए।
विश्वभरका फ्रेन्चाइज क्रिकेटमा निकै माग भएका रसेलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सको प्रतिनिधित्व गरिसकेका छन्। कोलकाताले सन् २०१४ र २०२४ मा आइपिएलको उपाधि जित्दा उनी टोलीमा थिए।
यसबाहेक उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बंगलादेश प्रिमियर लिग (बिपिएल), बिग ब्यास लिग (बिबिएल), इन्टरनेसनल लिग टी-२० र मेजर लिग क्रिकेट खेलिसकेका छन्।
सन् २०२६ को एनपिएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।