बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निज दमाई केसी २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। उनी बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो। केसीलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।