ब्रेकिङ न्युज
विज्ञापन
समाज

उखुबारीमा मृ`त भेटिइन् १३ वर्षीया बालिका

सर्लाहीमा एक बालिकाको विभत्स रूपमा हत्या भएको अवस्थामा शव बरामद भएको छ।

जिल्लाको गोडैता नगरपालिका वडा नम्बर ६, बगदहटोलमा घाँटी रेटिएको अवस्थामा एक १३ वर्षीया बालिकाको शव फेला परेको हो। दसैँका दिन बुधबार स्थानीय लालबाबु राउतकी छोरी मौसम कुमारी राउत आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता इन्सपेक्टर किशोर केसीले बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट खेततर्फ बालिका गएकी थिइन्। साँझ स्थानीयले उनलाई उखुबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक केसीका अनुसार बालिकाको घाँटीमा धारिलो हतियारले काटेको छ। घटनाको प्रकृति हेर्दा बालिकाको हत्या गरिएको छ।

गोडैता नगरपालिका-६ का वडाध्यक्ष सचिन्द्र महतोले बालिका खेतमा गएको बखत उनको उखुबारीमा मृत अवस्थामा शव फेला परेको बताए।

घटनाबारे अनुसन्धान भइरहेको तथा मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवामा राखिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।