रौतहटमा सीमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले स्थानीयसँग छलफल र परामर्श गरेको छ। नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप घटाउन र राजस्व चुहावट नियन्त्रण गर्न यो पहल गरिएको हो।
सशस्त्र प्रहरीले सीमा क्षेत्रका अपराध न्यूनीकरण र राजस्व चुहावट नियन्त्रणका लागि स्थानीय समुदायसँग सहकार्य गर्ने तयारी देखाएको छ। यसका लागि स्थानीयसँग सीधा संवाद र परामर्श गरिएको हो।
सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ मा यससम्बन्धी गतिविधि सञ्चालन गरेको जनाइएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।