झारखंडमा सडक दुर्घटना हुँदा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। भारतको झारखंडस्थित रामगढ जिल्लाको राँची–पटना राजमार्ग (एनएच–३३) मा भीषण दुर्घटना भएको हो।
दुर्घटनामा एक जना घाइते भएका छन्। घटना आइतबार बिहान करिब २ बजे भएको जनाइएको छ।
दुर्घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अहिलेसम्म स्पष्ट जानकारी आएको छैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।