नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ ।
हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा यतिबेला नेपालका विभिन्न जिल्ला र भारतबाट समेत सयौँ साधुसन्त चिसो मौसमको बेवास्ता गर्दै आश्रम क्षेत्रमा जुटेका छन् ।
बाँकेको नेपालगञ्ज क्षेत्रमा रहेको यो आश्रम धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित बन्दै गएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।