झापा । बुद्धको जन्मभूमि र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । धार्मिक तीर्थयात्रा र घुमफिरका लागि भुटानी नागरिक नेपाल आउने क्रम पछिल्लो समय उत्साहजनक देखिएको छ ।
भुटानी पर्यटकको आकर्षण नेपाल
शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमिका रूपमा चिनिने नेपालप्रति भुटानी नागरिकको रुचि बढ्दै गएको देखिन्छ । धार्मिक आस्थासँगै नेपालको अनुपम प्राकृतिक सौन्दर्यले पनि उनीहरूलाई तान्ने गरेको छ ।
तीर्थयात्रा र भ्रमण दुवै उद्देश्यले भुटानी पर्यटकको आगमन बढ्दो क्रममा रहेको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।