नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । यससँगै घोप्टेभिरको सडक अब चौबीसै घण्टा सवारी आवागमनका लागि खुला भएको छ ।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो ।
घोप्टेभिरको सडक खुलेपछि तुइनखोलामा दिउँसो बन्द हुने
घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै तुइनखोलामा भने दिउँसोको समयमा सडक बन्द गरिने जनाइएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।