विज्ञापन
अर्थतन्त्र

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

पर्सा। वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो। कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।

त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट रु ५० करोड राजस्व संकलन भएको छ।

विज्ञापन

कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य रु ७० अर्ब ५६ करोड रहेकामा रु ६९ अर्ब १३ करोड संकलन भएको छ। चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता हासिल गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।