काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे सुरु हुने तालिका छ।
आजको खेलमा पोखरा आफ्नो पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिमको यो दोस्रो खेल हो। यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। आजको खेलमा दुवै टोली जितको खोजीमा मैदानमा उत्रनेछन्। आज प्रतियोगिता अन्तर्गत एक मात्र खेल हुनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।