ब्रेकिङ न्युज
विज्ञापन
प्रविधि

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ ।

कम्पनीले बेलायतमा बचत र क्रेडिट सेवा तथा १०० भन्दा बढी गन्तव्यका लागि डेटा ई–सिम सेवा सुरु गरेको छ । पूर्ण रूपमा नयाँ स्वरूपमा तयार पारिएको एप र ‘एम्बिसन ह्याज नो पासपोर्ट’ अर्थात् ‘महत्वाकाङ्क्षालाई पासपोर्ट चाहिँदैन’ नामको नयाँ विश्वव्यापी ब्रान्ड पनि सार्वजनिक गरिएको छ ।

एक वर्षअघि गत कात्तिकमा लेम्फीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरी नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको थियो ।

विज्ञापन

लेम्फीमार्फत बुधबार जारी विज्ञप्तिअनुसार रेमिट्यान्स पठाउने सेवासँगै लेम्फीले एउटै खातामा विभिन्न वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ । जसअन्तर्गत एउटै खातामार्फत बचत, कर्जा र कनेक्टिभिटी सेवा उपभोग गर्न सकिने तथा अफ्रिका, एसिया, युरोप र अन्य क्षेत्रका ३० भन्दा बढी देशमा पैसा पठाउन सकिने सुविधा रहेको छ ।

ई–सिमको प्रयोगले अर्को देशमा जाँदा सिम फेर्नुपर्ने वा रोमिङ शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने लेम्फीले दाबी गरेको छ ।

लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यसमा खाता खोलेको छ महिनासम्म ५ प्रतिशत र त्यसपछि बैंक अफ इङ्ग्ल्यान्डको आधार दरअनुरूप ३.०४ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्न सकिन्छ ।

लेम्फीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिद्वान ओलालेरेले ‘एम्बिसन ह्याज नो पासपोर्ट’ ब्रान्ड प्रवासी व्यक्तिहरूको आवश्यकता र जीवनशैलीलाई सम्बोधन गर्ने गरी निर्माण गरिएको बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रविधि बाट थप

थप — प्रविधि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।