ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

म्याराडोनाको मृ’त्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरबाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ। छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो।

अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन्। मुख्य प्रतिवादी तथा उनका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताए।

म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा हृदयाघात र फोक्सोमा तरल पदार्थ जम्ने समस्याका कारण मृत्यु भएको थियो।

विज्ञापन

मस्तिष्कको सानो शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उनी ब्युनस आयर्सनजिकै टिग्रेस्थित निजी निवासमा बसेका थिए।

अप्रिलमा सुरु भएको सुनुवाइमा ७० भन्दा बढी साक्षीले बयान दिएका थिए। अभियोजन पक्षले सात प्रतिवादीमध्ये छ जनालाई चारदेखि १२ वर्षसम्म जेल सजाय माग गरेको छ।

लुकेका लागि सबैभन्दा बढी १२ वर्ष सजाय माग गरिएको हो। उनको कानूनी टोलीले ध्वनि रेकर्डिङ, वैज्ञानिक लेख र शव परीक्षणको भिडियो प्रस्तुत गर्दै आफूलाई फसाइएको दाबी गरेको थियो।

मुद्दाको मुख्य विषय म्याराडोनालाई अस्पतालमा राख्नुको सट्टा निजी निवासमा स्वास्थ्यलाभ गर्न दिने निर्णय लापरवाहीपूर्ण थियो वा थिएन भन्ने हो।

अभियोजन पक्षले निवासमा अस्पतालको शय्या, मुटुको धड्कन नियमित गर्ने उपकरण र तत्काल उपलब्ध हुने एम्बुलेन्सजस्ता आधारभूत सुविधा नभएको विषयलाई लापरबाहीको प्रमाणका रूपमा प्रस्तुत गरेको छ।

चिकित्सा विशेषज्ञहरूका अनुसार मृत्यु हुनुअघि म्याराडोनाको शरीरमा तरल पदार्थ जम्ने, मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने र सास फेर्न कठिनाइ हुनेजस्ता गम्भीर लक्षण देखिएका थिए।

हेरचाहकर्ताले ती सङ्केतप्रति समयमै ध्यान नदिएको उनीहरूले बताएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।