ब्रेकिङ न्युज
विज्ञापन
समाज

बझाङमा भिरबाट लडेर वडाध्यक्ष जोशीको मृत्यु

बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ।

गाउँमाथि रहेको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए।

भिरबाट लडेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको मृतकका आफन्त रामचन्द्र जोशीले बताए। गम्भीर घाइते जोशीलाई उद्धार गरी अस्पताल पुर्‍याउन हेलिकोप्टर बोलाउने तयारी गरिएको थियो। तर, हेलिकोप्टर उड्न नपाउँदै उनको मृत्यु भएको खबर आएको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

विज्ञापन

महरका अनुसार जोशीको अवस्था गम्भीर रहेकाले तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न आफन्तले आग्रह गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायसँग समन्वय गरी हेलिकोप्टर उडाउने तयारी गरिएको थियो।

‘अवस्था असाध्यै गम्भीर छ र तुरुन्तै हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ, नत्र बाँच्न गाह्रो छ भन्ने आफन्तजनहरूको भनाइपछि तुरुन्तै जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदै थियो,’ महरले भने, ‘खबर पाएको करिब आधा घण्टाभित्रै हेलिकोप्टर उडाउने तयारी भएको थियो, तर एकैछिनमा दुःखद खबर आयो कि अब उहाँ रहनुभएन।’

जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडाध्यक्ष बनेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।