विज्ञापन
अर्थतन्त्र

नेप्सेमा उल्लेख्य सुधार, कारोबार रकम पनि ह्वात्तै बढ्यो

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। हिजो मंगलबार करिब स्थिर रहेको नेप्से ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.३२ अंक, फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ।

नेप्सेसँगै मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि एक अर्ब ६६ करोडले बढेको छ। बुधबार ३४८ स्टकको ६३ हजार ७४४ पटकको कारोबारमा ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो।

सकारात्मक सर्किट लेभलमा कारोबार भएको बेनी हाइड्रोपावरको शेयरमूल्य ७० रुपैयाँ बढेर ५३६ रुपैयाँ ७० पैसा कायम भयो। बुटवल पावर कम्पनीको शेयरमूल्य साढे १० प्रतिशत, सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य समान ६ प्रतिशतभन्दा बढीले बढेको छ।

विज्ञापन

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको लिबर्टी इनर्जी कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। घलेम्दी हाइड्रोको कारोबार रकम २८ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

बुधबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।