संखुवासभा।श्रीमतीको हत्या गरेको आरोपमा संखुवासभामा श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१ नुनढाकी थर्पु बस्ने ४८ वर्षीय तेम्बा रिन्जे शेर्पा रहेका छन्।
शेर्पालाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। श्रीमती ४९ वर्षीया मिङ्माछिकी शेर्पाको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय चैनपुरको टोलीले शेर्पालाई पक्राउ गरेको हो। तेम्बाले कुटपिट गरी मिङ्माछिकीको हत्या गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।