विज्ञापन
प्रदेश

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपात

काठमाडौं।नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ। यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ।

विभागको मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकशित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन्।

“चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको र बिहान लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा समेत भएको थियो,” उनले भनिन्, “चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेको छ। उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान छ।”

विज्ञापन

महर्जनका अनुसार यसको प्रभावले नेपालमा पनि बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ। शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महर्जनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुनसक्ने सम्भावना पनि रहेको छ।

मौसमविद् महर्जनले सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन्। विशेष गरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन उनले सुझाव दिइन् ।

वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्व तयारी गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रदेश बाट थप

थप — प्रदेश

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।