विज्ञापन
अपराध

फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं।काठमाडौं, दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमार रहेका छन्।

कुमारलाई ३२२ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित लाई बुधबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २०२३ नम्बरको सुमोमा सवार उनलाई लागुऔषधसहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

यस्तै, धनुषा, सबैला नगरपालिका–१३ किरतपुर बस्ने ४५ वर्षीया फुलो देवी ठाकुरलाई गाँजा २ किलो ७८० ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले फुलो देवीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

विज्ञापन

यता, झापा गाउँपालिका–१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर १५० ग्राम १४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ क्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय नसिम अक्तर मियाँ र ३० वर्षीय सलमान मियाँ रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ एए ५३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ पिपल चौताराबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। चार सय मिलिग्राम ब्राउनसुगरसहित मंगलबार दिउँसो प्रहरीले सोही ठाउँ बस्ने ३५ वर्षीय सुबिन सिंह र बाँके कोहलपुर नगरपालिका–२ बस्ने ३३ वर्षीय प्रशान्त मल्ललाई पक्राउ गरेको हो।

कञ्चनपुर, भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यू खप्तड सैपाल होटलबाट ४ किलो ३२४ ग्राम चरेशसहित प्रहरीले बझाङ छबिसपाथीभेरा गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुरेन्द्रबहादुर बुढालाई बुधबार बिहान पक्राउ गरेको छ।

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले होटलको १०३ नम्बरको कोठा तलासी गर्दा बुढालाई पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।