काठमाडौं।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ।
त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अंकले बढेर १८४ दशमलव ७३ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अंकले बढेर १६३ दशमलव ०९ मा पुगेको छ।

विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मूल्यमा खरिद बिक्री भएको छन्।
१३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ। आज २४१ कम्पनीको शेयर बढ्यो भने ३५ कम्पनीको शेयर घट्यो। त्यसैगरी तीन कम्पनीको शेयर स्थिर रह्यो।
नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।