विज्ञापन
स्थानीय तह

गोलबजारका तत्कालीन मेयर–उपमेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं।सिरहाको गोलबजार नगरपालिकामा हाटबजार ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर, उपमेयरसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ र त्यसपछिका वर्षमा पशु, बाख्रा तथा गुदरी हाटबजारको ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोप उनीहरूमाथि छ।

मुद्दा दायर गरिएकामा तत्कालीन नगर प्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार वीरेन्द्रकुमार यादव छन्।

विज्ञापन

आयोगले प्रतिवादीहरूबाट बिगो असुल गरी कानुनअनुसार कारबाही गर्न माग गरेको छ। उनीहरूमाथि हाटबजार ठेक्कामा प्रतिस्पर्धा नगराई ठेकेदारलाई जिम्मा दिएको, राजस्व छुट दिएको र नगरपालिकाको सञ्चित कोषमा दाखिला हुनुपर्ने रकम असुल नगरेको आरोप छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्थानीय तह बाट थप

थप — स्थानीय तह

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।