विज्ञापन
समाज

अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी चुनाव हाम्रो पक्षमा आउँछ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले मुलुकको अबको निर्विकल्प शक्ति आफ्नो पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै घिसिङले परम्परागत दल र नयाँ भनिएकाहरूको डेलिभरीविहीन राजनीतिबाट जनता आजित भइसकेकाले अबको जनमत उज्यालो नेपाल पार्टीतर्फ आउने बताए।

‘हामी भर्खर जन्मिएको पार्टी थियौं, तैपनि जनताले छोटो समयमै हामीमाथि ठूलो विश्वास देखाए,’ घिसिङले भने, ‘त्यस जनमतलाई अब हामी १० देखि २० गुणा बढी बनाउँछौं। अहिले देशभर संगठन विस्तार तीव्र भएको छ र पार्टी प्रवेशको ठूलो भीड छ। अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी निर्वाचन हाम्रो पक्षमा आउँछ।’

विज्ञापन

हालै गृहजिल्ला रामेछापका पालिकाहरूको भ्रमण गरेर फर्किएका घिसिङले संगठन वडा तहसम्म पुगिसकेको जानकारी दिए। आगामी स्थानीय तह निर्वाचनमा रामेछापका आठवटै पालिका उज्यालो नेपाल पार्टीले जित्ने रणनीतिका साथ काम भइरहेको उनको भनाइ छ।

विगतको निर्वाचन अनुभव सुनाउँदै उनले पार्टी खोलेको एक महिनाको प्रचारमै अर्को चुनाव चिह्न (बाँसुरी) लिएर जाँदासमेत समानुपातिकतर्फ करिब २ लाख मत पाउनु जनताको बलियो समर्थन भएको बताए। काठमाडौं क्षेत्र नम्बर-३ मा आफू पराजित भए पनि डेलिभरी दिएर आएको प्रमाणित व्यक्तिका रूपमा जनताले आफूलाई बुझिसकेको उनले उल्लेख गरे।

राजनीतिक नेतृत्वले आन्दोलन र भीड परिचालन गर्न जाने पनि आर्थिक रूपान्तरण र विकासको नेतृत्व गर्न नसकेको घिसिङको ठहर छ।

‘मैले ३० वर्ष ब्युरोक्रेसीमा रहेर काम गरें, १८ हजार कर्मचारी भएको विद्युत प्राधिकरणको नेतृत्व गरेर लोडसेडिङ अन्त्य गरी संस्थालाई अर्बौं नाफामा पुर्‍याएँ,’ उनले भने, ‘पोलिटिसियनले मात्रै विकास र व्यवस्थापन गर्न सक्दैनन् भन्ने प्रमाणित भइसकेको छ। त्यो ग्याप पूरा गर्न हामी राजनीतिमा आएका हौं।’

उज्यालो नेपाल पार्टीसँग मुलुकको मुहार फेर्ने स्पष्ट वैचारिक र आर्थिक रोडम्याप रहेको दाबी गर्दै उनले ‘हरित क्रान्ति’ मार्फत नेपाललाई समृद्ध बनाउने खाका पेस गरे।

जलविद्युत, कृषि, पर्यटन र प्रविधिलाई जोडेर देशमै वार्षिक २० देखि ३० खर्ब पुँजीगत बजेट खर्च गर्ने वातावरण नबनाएसम्म समृद्धि नआउने भन्दै उनले त्यो काम आफ्नो पार्टीको नेतृत्वले मात्र पूरा गर्न सक्ने जिकिर गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।