संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको छ।
दुबईका युवराज तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतुमले मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ सम्मान प्रदान गरेका हुन्। यो यूएईका प्रतिष्ठित राष्ट्रिय सम्मानमध्ये एक हो।
अबुधाबीमा आयोजित विशेष कार्यक्रममा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले पनि क्याप्टेन मच्छरलाई भेटेर उनको साहसको प्रशंसा गरेका थिए।

गत सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा अप्रिय घटना भएको थियो। विमानका सहपाइलटले ककपिटभित्रै भारतीय क्याप्टेन मच्छरमाथि धारिलो हतियारले आक्रमण गर्दा उनी घाइते भएका थिए।
आक्रमणबाट घाइते भए पनि मच्छरले विमानको नियन्त्रण कायम राख्दै सम्भावित दुर्घटना हुनबाट जोगाएको जनाइएको छ। उनको साहस र जिम्मेवारीपूर्ण कार्यको कदर गर्दै यूएईले सम्मान प्रदान गरेको हो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।