विज्ञापन
अपराध

नागरिक सेवा र चाडपर्व सुरक्षामा समर्पित हुन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो सम्बोधन गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

महानिरीक्षक कार्कीले चाडपर्वका समयमा हुने लुटपाट, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गर्नुपर्नेमा जोड दिए। उनले जुवातास, पटका तथा विस्फोटक पदार्थको कारोबार र सामाजिक सद्भाव बिथोल्ने गतिविधि नियन्त्रण गर्न प्रहरीलाई थप सक्रिय हुन निर्देशन दिएका छन्।

सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै सवारीसाधनको यान्त्रिक अवस्था जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य र ओभरलोड नियन्त्रणमा विशेष ध्यान दिन उनले आग्रह गरे। यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न र जनचेतनामूलक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।

विज्ञापन

महानिरीक्षक कार्कीले काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका छन्। उनले प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङलगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रविधिको उच्चतम प्रयोग गर्न र संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए।

साथै, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिनुपर्ने उनले बताए। देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र उच्च सतर्कताका साथ प्रहरी परिचालन गर्नुपर्ने उनले उल्लेख गरे।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर तथा सातै प्रदेशका प्रहरी प्रमुखहरूले आआफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।