काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई देशको प्रतिष्ठित सम्मान प्रदान गरेको छ।
दुबईका युवराज तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतुमले उनलाई ‘अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास’ पुरस्कार प्रदान गरेका हुन्।
यो यूएईको सर्वोच्च सम्मानमध्ये एक मानिन्छ। अबुधाबीमा आयोजित एक विशेष कार्यक्रममा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले क्याप्टेन स्मितसँग भेट गर्दै उनको बहादुरीको प्रशंसा गरेका छन्।
गत सेप्टेम्बर ३० मा फ्लाई दुबईको विमान दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको थियो। सोही क्रममा विमानका सहपाइलटले ककपिटभित्रै धारिलो हतियार प्रयोग गरी क्याप्टेन स्मितलाई घाइते बनाएका थिए।
गम्भीर घाइते भए पनि क्याप्टेन स्मितले आफ्नो संयमता गुमाएनन् र विमानलाई दुर्घटना हुनबाट जोगाएका थिए। उनको यो साहस र कर्तव्यनिष्ठाको उच्च कदर गर्दै यूएई सरकारले उनलाई सम्मान गरेको हो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।