विज्ञापन
खेलकुद

सोमपाल चम्किँदा दबाबमा जनकपुर, पावरप्लेमा २ विकेट गुमाएर ३५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले पावरप्लेमा कमजोर सुरुवात गरेको छ। जनकपुरले ६.२ ओभरमा २ विकेट गुमाएर मात्र ३५ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरलाई जितका लागि अब ८२ बलमा ९८ रन आवश्यक छ। टोलीको हालको रनरेट ५.५२ रहेको छ भने आवश्यक रनरेट प्रतिओभर ७.१७ छ।

क्रिजमा मोइन अली १० बलमा १ चौकासहित ८ रन र अनिल साह १४ बलमा ९ रन बनाएर खेलिरहेका छन्।

विज्ञापन

कर्णालीका कप्तान सोमपाल कामीले पावरप्लेमा कसिलो बलिङ र उत्कृष्ट फिल्डिङ गर्दै जनकपुरलाई सुरुवातमै झट्का दिएका थिए। उनले १.२ ओभरमा टोलीको कुल स्कोर २ रन हुँदा १ रन बनाएका ओपनर त्रितराज दासलाई गुल्सन झाको हातबाट क्याच आउट गराए।

त्यसपछि २.४ ओभरमा १६ रनको स्कोर हुँदा २ छक्का प्रहार गरिसकेका आक्रामक ब्याट्सम्यान मयान यादवलाई कप्तान सोमपालले नै उत्कृष्ट थ्रोमार्फत रनआउट गरे।

पावरप्लेमा कर्णालीका बलरहरूले किफायती बलिङ गरे। कप्तान सोमपालले २ ओभरमा मात्र ५ रन खर्चेर १ विकेट लिए। यस्तै, मार्क वाटले १ ओभरमा २ रन, हुसेन तलतले १ ओभरमा ८ रन, नन्दन यादवले १.२ ओभरमा ८ रन र पवन सर्राफले १ ओभरमा १२ रन खर्चिएका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि आरिफुल इस्लामले ४३ र पवन सर्राफले ३७ रनको योगदान दिएका थिए भने जनकपुरका कप्तान हरमीत सिंहले ३ विकेट लिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।