विज्ञापन
क्रिकेट

शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा

काठमाडौं। पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल हेर्न त्रिवि क्रिकेट रंगशालामा पुगेका छन्।

खेलका क्रममा उनले मैदानमा उपस्थित खेलाडीहरूसँग कुराकानी गरेका थिए भने पहिलो इनिङ्सपछि दर्शकलाई अभिवादन समेत गरे।

‘रावलपिण्डी एक्सप्रेस’ का नामले चिनिने अख्तरले सन् २००३ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनको यो कीर्तिमान अहिलेसम्म कायम छ।

विज्ञापन

सन् १९९७ मा टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरेका अख्तरले सन्न्यासपछि युट्युबमार्फत क्रिकेटको समीक्षा गर्दै आएका छन्।उनी एनपीएलको समीक्षा गर्न नेपाल आएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।