विज्ञापन
अपराध

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

कपिलवस्तु।कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन्।

त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन्। सो अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम, १३० ग्राम गाँजा पनि बरामद गरिएको विवरणमा उल्लेख छ। प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरफका एक बोतल बरामद गरेको छ।

विज्ञापन

प्रहरीले गए राति कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट खैरो हेरोइन जस्तो पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गए राति निज बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।