काठमाडौं।बुबाको हत्या आरोपमा बर्दियामा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजापुर नगरपालिका–३ का राजेन्द्र थारु रहेका छन्।
५० वर्षीय बुवा कालुराम थारुको हत्या गरेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
राजेन्द्रले कुटपिट गर्दा कालुराम गम्भीर घाइते भएका थिए। उनको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगञ्ज बाँकेमा उपचारको

क्रममा सोमबार बिहान मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।