मलेसिया।अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्याउनेछ।
गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। निर्माण सम्पन्न भएपछि उक्त पूर्वाधार सरकारी सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको राज्यको वैधानिक निकाय मेन्टेरी बेसर नेगेरी सेम्बिलान (निगमित) को स्वामित्वमा रहनेछ।
प्रस्तावित प्रशोधन केन्द्रले दैनिक ६ करोड ५० लाख लिटर प्रशोधित पिउने पानी आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ। यसबाट सर्वसाधारणका लागि पानीको उपलब्धता बढ्नुका साथै स्प्रिङहिल औद्योगिक पार्कमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर परिसरलाई पनि पानी आपूर्ति हुनेछ। –रासस /सिन्ह्वा



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।