विज्ञापन
राजनीति

पाँच दिने भ्रमणका लागि बैंकक पुगेका ऊर्जामन्त्री श्रेष्ठको यस्तो छ कार्यतालिका

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार बेलुका थाइल्यान्डको राजधानी बैंकक पुगेका छन्।

बैंककमा नेपाली राजदूत धनबहादुर वलीले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी)ले आयोजना गरेको सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।

विज्ञापन

सम्मेलनका क्रममा उनले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने मन्त्रीका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताएका छन्। मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको महर्जनले बताए।

यसैगरी, नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृंखलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्नेछन्।

बिहीबार नै एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)ले आयोजना गरेको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक गोष्ठीमा पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ। गोष्ठीमा ‘नेपालको पुनरुत्थानका आवश्यकता तथा चुनौतीहरू’ विषयक सत्रमा उनले आफ्नो धारणा राख्नेछन्।

मन्त्री श्रेष्ठको भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन्।

मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।