विज्ञापन
क्रिकेट

पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

काठमाडौं।गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता २०२६ मा दोस्रो जित निकालेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनीले आज पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो।

पोखराले दिएको ९८ रनको झिनो लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका लागि अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ४७ र निरोशन डिकवेलाले २७ रन बनाए। यस्तै, डार्सी सर्टले १३ रन जोडे।

बलिङतर्फ पोखराका लागि विपिन खत्रीले एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो। पोखराका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे।

विज्ञापन

बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहितकुमार पौडेलले एक-एक विकेट लिए। यसअघि आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले दुई रनको रोमाञ्चक जित निकालेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।