विज्ञापन
पर्यटन

नेपालका थप ६ हिमाललाई मान्यताको पहल

काठमाडौं।नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप ६ हिमाल समावेश गर्न अन्तर्राष्ट्रिय पहल थालेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालको प्रस्ताव अघि बढाइएको जानकारी दिएका हुन्।

नेपाल पर्वतारोहण संघमार्फत अघि सारिएको प्रस्तावमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै हिमालका रूपमा मान्यता दिन माग गरिएको छ।

विज्ञापन

यी हिमालको उचाइ क्रमशः ८ हजार ५०५, ८ हजार ४७६, ८ हजार ४७३, ८ हजार ४१०, ८ हजार ४०० र ८ हजार ७७ मिटर रहेको छ। प्रस्ताव स्वीकृत भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ। नेपालमा मात्रै यस्ता हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवाला सहभागी छन्।

मन्त्री पौडेलले प्रस्तावले नेपालको पर्वतीय पहिचान विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन र हिमाली अनुसन्धानका नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे। उनले हिमाली जोखिम, जलवायु परिवर्तन र प्राकृतिक सम्पदा संरक्षणका विषयलाई पनि अन्तर्राष्ट्रिय बहसमा जोड्न सम्मेलनले सहयोग पुग्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

पर्यटन बाट थप

थप — पर्यटन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।