विज्ञापन
स्वास्थ्य

नेपाललाई ‘मेडिकल हब’ बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने लक्ष्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरेको हो।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विज्ञापन

बैठकमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा लिन नेपाल आउने विदेशी बिरामीका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण, अस्पतालको गुणस्तर तथा बिरामी सुरक्षासम्बन्धी मापदण्ड निर्धारण र विदेशी बिरामी तथा उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

सरकारले चिकित्सा सेवा पर्यटनको विकासबाट विदेशी मुद्रा आर्जन बढाउनुका साथै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता र विशेषज्ञ सेवालाई समेत सुदृढ बनाउन सकिने अपेक्षा गरेको छ। यसले नेपाली नागरिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो क्षेत्रीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको तयारी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।