विज्ञापन
प्रदेश

घाम लागेपछि सुदूरपश्चिम र विराटनगरबिचको खेल हुने सम्भावना

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेल हुने सम्भावना बढेको छ। वर्षाका कारण प्रभावित खेलका लागि अहिले मैदानबाट कभर हटाउने काम सुरु गरिएको छ।

केही समयअघि घाम लागेपछि खेल सञ्चालनका लागि अनुकूल वातावरण बनेको हो।

खेल तालिका अनुसार आज बेलुकी ५ बजे सुरु हुनेछ। यद्यपि, वर्षाका कारण खेल प्रभावित भएमा पनि यसलाई बेलुकी ७ बजेर ४१ मिनेटसम्म सुरु गर्न सकिने व्यवस्था छ। निर्धारित समयभित्र खेल सुरु हुन सकेमा दुवै टोलीबिच प्रतिस्पर्धा हुनेछ। मौसममा सुधार आएसँगै दर्शकले आजको खेल हेर्न पाउने सम्भावना बढेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रदेश बाट थप

थप — प्रदेश

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।