विज्ञापन
राजनीति

सरकारका सबै कामको जिम्मेवारी रास्वपाले लिनुपर्छ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारका हरेक क्रियाकलापको राजनीतिक जिम्मेवारी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन्। आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले सरकारका राम्रा कामको जस लिने र नराम्रा कामको अपजसबाट पन्छिने सुविधा सत्तारूढ दललाई नभएको बताएका हुन्।

थापाले सरकारलाई डर, त्रास र प्रतिशोधको राजनीति अन्त्य गरी भरोसाका आधारमा शासन सञ्चालन गर्न आग्रह गरे। नागरिकमा त्रास सिर्जना गरेर शासन गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उनको भनाइ छ। उनले रास्वपालाई केवल वक्तव्य जारी गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै सरकारका गलत कदम सच्याउन प्रभावकारी भूमिका निर्वाह गर्न चुनौती दिए।

सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउ गर्ने तयारीप्रति आपत्ति जनाउँदै थापाले सञ्चारमाध्यममाथिको हस्तक्षेपलाई सामान्य रूपमा लिन नसकिने बताए। यस्तो कदम उच्च तहको राजनीतिक आदेशबिना सम्भव नहुने उनको दाबी छ। पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने चेतावनी दिँदै उनले अनुसन्धान गर्ने निकायलाई राजनीतिक उद्देश्यका लागि प्रयोग नगर्न सरकारलाई सचेत गराए।

विज्ञापन

आफूअनुकूलका प्रतिवेदन मात्र कार्यान्वयन गर्ने र प्रतिकूल हुने प्रतिवेदन सार्वजनिक नगर्ने सरकारी प्रवृत्तिको उनले विरोध गरे। कांग्रेस प्रतिपक्षमा रहे पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै थापाले सरकारलाई संविधान र विधिको शासनको सम्मान गर्न आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।